८ वैशाख २०८१ शनिबार
खेल

९औं हिसान स्पोर्ट्स मिटः फाइनलमा अरनिको कलेज

अरनिको कलेज विराटनगरमा जारी ९ औं हिसान स्पोर्ट्स मिटको फाइनलमा प्रवेश गरेको छ।  

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा अरनिकोले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। अर्को खेलमा कोसी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।  

टस हारेर पहिले ब्याटिङ थालेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार परेको थियो। निखिल यादव, विवेकविक्रम केसी, सुमन मण्डलले समान १८–१८, अजितकुमार अटलले १३, योगेश कहरले १२ तथा प्रतीक यादव र अभिषेक बरालले १०–१० रन बनाए। ग्रिनल्याण्डका अनिल यादवले २ र जिवेश यादवले १ विकेट लिए।

१ सय ४७ रनको लक्ष्य पाएको ग्रिनल्याण्डले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १५ रनमै समेटियो। दीपक विकले ३३, आशिष मण्डलले १७ र जितेन्द्र कामतले १५ रन बनाए। अरनिकोका म्यान अफ द म्याच अभिषेक बराल र निखिल यादवले २–२ तथा चन्दन यादव र अंकित मण्डलले १–१ विकेट लिए।

अर्को खेलमा टस जितेर सगरमाथाले कोसीलाई पहिले ब्याटिङ गर्ने मौका दिएका थियो। कोसीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय ५ रन बनायो। सञ्जय साहले २६, रञ्जन कामतले २४ र विकाश दासले १४ रन बनाए। सगरमाथाका केदार कामतले २ र गणेश राजले १ विकेट लिए।  

१ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ७४ रनमा समेटियो। चन्द्रशेखर यादव र गणेश राजले १५–१५ रन बनाए । कोसीका विकाश दासले ह्याट्रिकसहित ४ विकेट दिए। उनी खेलकोे म्यान अफ द म्याच भए।  

प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल शिक्षादीप कलेज र कोसी क्याम्पसबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: २८ पुस २०७८ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App