७ वैशाख २०८१ शुक्रबार
खेल

टाईगर ग्रुपको दोस्रो हार, न्यु डायमण्डमाथि सशस्त्रको संघर्षपूर्ण जित

आयोजक विरुद्ध नेपाल पुलिस क्लवकी खेलाडी स्पाइक गर्दै। तस्बिरः उमेश पुन÷नागरिक

शसस्त्र प्रहरी बलले न्यु डायण्ड स्पोर्टस क्लबलाई पाँचै सेटमा संघर्ष जित निकाल्दै टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि यात्रालाई बलियो बनाएको छ। बुधबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरीले दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पाँचौ सेटमा जित निकाल्न सफल भयो।  

पहिलो सेट २१–२५ मा गुमाएको शसस्त्र प्रहरीले दोस्रो सेटमा कम ब्याक गर्यो। दोस्रो सेट शसस्त्रले २५–२१ म लिदैं बराबरी गरेपछि खेल रोचक बन्यो। दर्शकले पनि भलिबलको पूर्ण मनोरन्जन लिने पाएको खेलमा तेस्रो सेट न्यु डायमण्डले लिदैं शसस्त्र प्रहरी बलमाथि दबाव बढायो। १०–२५ को फराकिलो अन्तरमा आफनो पक्षमा पार्दै डायमण्डले शसस्त्रमाथि हावी बन्ने प्रयास गर्यो । २–१ को सेटको स्थितिमाप पछि परेको शसस्त्र प्रहरीले चौथो सेटमा फेरी कमब्याक गर्यो। २५–१२ को फराकिलो स्कोर सेट जित निकाल्दै पाँचौ तथा निर्णायक सेटमा खेल पुग्यो। पाँचौ सेटमा शसस्त्रले अनुभवीको संकेत देखाउँदै १५–८ मा लिदैं उपाधि यात्रालाई बलियो बनायो।  

महिला तर्फकै अर्को प्रतिस्पर्धामा घरेलु कोर्टमा श्रीलंकन खेलाडीलाई कोर्टमा उतारेको आयोजक टाईगर ग्रुप अफ पोखरा भने नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुन पुग्यो। दोस्रो हारसँगै उपाधि यात्राबाट आयोजक भने टाढिाएको छ। विदेशी खेलाडीको प्रभाव खासै नदेखिएपछि आयोजक टोली पुलिससँग सोझो सेटमा पराजित हुन पुग्यो। पुलिसले टाईगर ग्रुपलाई २५–२०, २५–१७ र २५–२२ को सेटमा पराजित गरेको थियो।  

टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल आगामी शनिबार हुने छ। विजेताले महिला तथा पुरुष टोलीले ३÷३ लाख रुपैयाँ पाउने छ। उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन्।  

प्रकाशित: २८ पुस २०७८ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App