coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पिएम कप क्रिकेटः सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिमको टोली

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको हो। सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले बताए।

टोलीमा उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल, खडक बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउद, दीपक टमटा र कैलाश ऐर रहेका छन्।

यस्तै वैकल्पिक खेलाडीहरुमा नरेन भट्ट, अनुराग सिंह, सत्यराज बिष्ट र मिलन बोहरा रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आजदेखि काठमाडौंमा सुरु भएको छ।  

प्रकाशित: २६ पुस २०७८ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App