coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टाईगर कप क्लब च्याम्पियनसिप भलिबल: गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलबीच उद्घाटन खेल

डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग उद्घाटन खेल खेल्दै दोस्रो संस्करणको टाईगर कप आमन्त्रित क्लब महिला तथा पुरुष क्लब च्याम्पियनसिप शुरु गर्दै छ। सोमबारदेखि शुरु हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले उपाधि रक्षाको यात्रा शुरु गर्दा सशस्त्रले सुखद शुरुवात गर्ने अभियानमा हुने छ।  

महिला तर्फ भने त्रिभुवन आर्मीले न्यु डायमण्ड स्पोर्टस क्लबसँगै उद्घाटन खेल्दै प्रतियोगिताको थालनी गर्ने छ। दोस्रो खेलमा दुई विभागीय क्लब बीच विभागीय डर्बी प्रतिस्पर्धा हुँदै अंक जोड्ने प्रयासमा रहने छन्। सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबसँग खेल्ने छ। महिला तर्फ सशस्त्र प्रहरी बल साविक विजेता टोली हो।  

आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले आफ्नै टोली भलिबल कोर्टमा उतार्ने तयारीमा छ। टोलीको नेतृत्व नेपाल राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले गर्नेछिन्। उनीसँगै एशियन सेन्ट्रल जोन भलिबलमा सहभागी श्रीलंकन टोलीका तीन सदस्यलाई समेत आयोजक टोलीमा समावेश गरिएको छ। ‘पहिलो खेलमा केही असजह हुन सक्छ तर टिम कम्बिनेसन राम्रो छ।’ शनिबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा कप्तान अरुणा शाहीले भनिन्,‘उपाधि रक्षा नै हाम्रो लक्ष्य हो। खेल हो कम्पिटिसन हुन्छ।’

राउण्ड रोविन लिगमा खेलिने प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीमा ५/५ टोलीको सहभागिता रहेको छ। महिला तर्फ नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल, न्यु डायमण्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाईगर ग्रुप पोखराको टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। पुरुष तर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल र हेल्प नेपाल स्पोर्टस क्लबको सहभागिता रहेको टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताए। उनका अनुसार हेल्प नेपाल स्पोर्टस क्लबमा भारतीय खेलाडीहरु समावेश गरिएको छ।

प्रतियोगितालाई शुश्री मिडिया प्रालिले मुख्य प्रायोजन गरेको छ। विजेता महिला तथा पुरुष टोलीले नगद ३/३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गर्ने छन्। उपविजेता दुवै टोलीले भने समान नगद १ लाख ५० हजार प्राप्त गर्ने छन्। तेस्रो हुने महिला तथा पुरुष टोलीले नगद ७५/७५ हजार पाउने छन्। सान्त्वना टोलीलाई समेत नगद ३५/३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ। उत्कृष्ट खेलाडीलाई २५/२५ हजार नगद तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई नगद १०/१० हजार रुपैयाँ प्रदान गरिने छ।  

प्रतियोगिताको आवश्यक तयारी पूरा गरिएको छ। भलिबल कोर्ट तयार भईसकेको छ। कोर्टमा म्याट विछ्याईसकिएको छ। दर्शकको लागि अस्थायी प्यारापिट समेत निर्माण गरिएको छ। प्रत्येक खेलको प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। प्रतियोगितालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उदघाटन गर्ने छन्।

प्रकाशित: २४ पुस २०७८ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App