८ वैशाख २०८१ शनिबार
खेल

रोचक पाँचौं चरण

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विविध कारणले पाँचौं चरण विशेष रह्यो। नेपाली फुटबल इतिहासमै काठमाडौं बाहिरलिगको खेल सञ्चालन भयो। त्यस्तै विभागले पहिलो पटक विदेशी खेलाडी मैदानमा उतार्‍यो। शीर्षताको होड ररेलिगेसन क्षेत्रमा रहेका टोली बीचको भिडन्त पनि रोचक बनेको छ।

एएफसी कप छनोटको सँघारमा मनाङ

चौथो चरणको समाप्तिसम्म मच्छिन्द्र रमनाङ मस्र्याङदी क्लब समान १० अंकका साथ पहिलो रदोस्रो स्थानमा थिए। त्रिभुवन आर्मी क्लब भने आठ अंकसहित तेस्रो स्थानमा थियो। पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब रआर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँड्दा मनाङले नेपाल पुलिस क्लबमाथि सहज जित निकाल्दा शीर्षता कायम गर्न सफल भयो।

मनाङले शीर्ष स्थानमा दुई अंकको अग्रता मात्र लिएन। नेपालको लिग विजेताका हैसियतमा एएफसी कप छनोट खेलको सँघारमा समेत मनाङले आफूलाई पुर्‍यायो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातौं चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टोलीले एफसी कप छनोट खेल्ने जनाइसकेको छ। शीर्षताको होडमा मनाङ रमच्छिन्द्र नै छन्। छैटौं चरणमा मनाङ रमच्छिन्द्र आमनेसामने हुँदैछन्। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।

पहिलो पटक घरेलु मैदानको प्रयोग

शीर्ष टोली मनाङ मस्र्याङदी क्लबले पुलिस क्लबलाई पोखरा रंगशालामा आतिथ्यता प्रदान ग¥यो। नेपालको शीर्ष लिगको इतिहासमा पहिलोपटक कुनै क्लबले घरेलु मैदानका रूपमा प्रयोग गरेको त्यो खेल थियो। घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा मनाङले चिरप्रतिद्वन्द्वी पुलिसलाई ३–१ ले निरास पार्दै शीर्ष स्थानमा दुई अंकको अग्रता बनायो।

विभागमा विदेशी

एपिएफ क्लब नेपाली फुटबलमा विदेशी खेलाडी मैदान उतार्ने पहिलो विभागीय टोली बन्यो। एपिएफले सोमबारफ्रेन्डस क्लबमाथि ३–१ सहज जित हात पार्ने क्रममा जापानी गोलकिपरयुया कुरियामालाई मैदान उतार्‍यो। एपिएफले एक विदेशी स्ट्राइकरभित्राउने तयारी पनि भैरहेको जनाएको छ।

अन्य विभागीय टोली नेपाल पुलिस क्लब रत्रिभुवन आर्मी क्लबले पनि विदेशी खेलाडी भित्राउने बारे छलफल भैरहेको जनाएको छ। यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेसँगै विभागीय टोलीले पनि विदेशी कोटामा खेलाडी खेलाउन पाउने सुविधा पाएका हुन्।

एपिएफ रजावलाखेलबीचको त्यो खेल

जावलाखेल युथ क्लब रएपिएफ क्लब चौथो चरणको समाप्तीसम्म क्रमशः १३औं र१४औं स्थानमा थिए। जुन रेलिगेशन क्षेत्र हो। लिगको सुरुआती तीन खेल गुमाएका दुवै टोलीले चौथो चरणमा आएरअंक खाता खोलेका थिए।

जावलाखेलले ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोल्दा एपिएफले भने थ्री स्टारक्लबलाई गोलरहित बराबरीमा रोक्दै लिगमा पहिलो अंक जोड्यो। पाँचौं चरणमा आएरदुवै टोलीले जितको स्वाद चाखे।

जावलाखेलले च्यासल युथ क्लबलाई १–० ले स्तब्ध पार्‍यो। एपिएफले फेन्डस् लाई ३–१ ले हरायो। जावलाखेल रएपिएफ क्लबको जितले पनि रेलिगेसन क्षेत्र रोचक बनेको छ। पाँच खेलको समाप्तीमा समान चारअंक जोडेका एपिएफ रजावलाखेल क्रमशः ११औं र१२औं स्थानमा उक्लियो। समान खेलमा समान चारअंक नै जोडेको च्यासल १३औं स्थानमा झर्दा दुई अंक मात्र बटुलेको पे्रmन्ड्स क्लब १४औं स्थानमा छ।

थ्री स्टारको खराब लय

आफूलाई उपाधि दाबेदारको रूपमा उभ्याएको थ्री स्टारले जारी लिगमा लगातारखराब प्रदर्शनलाई निरन्तरता दिएको छ। थ्री स्टारले पहिलो खेलमा च्यासलमाथि सानदारजितका साथ लिगमा सुखद सुरुआत गरेको थियो। तर, त्यसपछिका खेलमा भने थ्री स्टारले आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकिरहेको छैन। पछिल्ला चारखेलमा थ्री स्टारले तीन अंक मात्र जोडेको छ भने नौ अंक गुमायो।

प्रकाशित: ७ पुस २०७८ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App