coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एनआइसी एसियाद्धारा पोसाक

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई एनआइसी एसिया बैंकले आइतबार खेल पोसाक हस्तान्तरण गरेको छ।

थापाथलीस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले महिला टोलीकी कप्तान अरूणा शाही, पुरुष टोलीका कप्तान इम रानामगर र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टलाई खेल पोसाक हस्तान्तरण गरेका थिए।

बैंकले महिला र पुरुष टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई जुत्ता, स्पोटर््स ब्याग, निक्याप र मोजा उपलब्ध गराएको थियो। सिइओ न्यौपानेले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोनमा उच्च मनोबलका साथ प्रदर्शन गर्न पुरुष तथा महिला टोलीका सदस्यलाई शुभकामना दिए।

‘खेलाडी, प्रशिक्षक तथा टिमका अन्य सदस्यलाई खेल पोसाक प्रदान गर्न पाउँदा निकै खुसी छौं। सबै कर्पोरेट हाउसलाई नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सहयोग गर्न अनुरोध पनि गर्दछु,’उनले भने, ‘दुवै टोलीको प्रदर्शन पनि उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छु।’ उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, बैंकका सहायक महाप्रबन्धक तथा भलिबल संघका उपाध्यक्ष रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ पुस २०७८ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App