८ वैशाख २०८१ शनिबार
खेल

प्रकाशको मिश्रित प्रदर्शन

नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन्।

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित÷हार आत्मसात् गरे। एसएल–४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे।

दोस्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए। अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीविरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।

गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन्। ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन्। उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपालको झन्डा बोकेकी थिइन्। गेम्म डिसेम्बर ६ तारिखसम्म चल्नेछ।

प्रकाशित: १८ मंसिर २०७८ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App