coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मनाङ जिल्ला लिग फुटबलः हिमालयन शीर्ष स्थानमा

मनाङको तिमाङमा आयोजित मनाङ जिल्ला लिग फुटबलमा हिमालयन युवा क्लब थान्चोक दोहोरो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ।  

मनाङ फुटबल संघको आयोजनामा भईरहेको लिगमा डाँफे युवा क्लब ओडारले अन्नपूर्ण युथ क्लब ताचैबगर छापलाई २–० ले पराजित गर्दै दोस्रो स्थानमा छ। रोशन घलेले खेलको ४५ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रता अतिरिक्त समयमा सुरेश शेचरनले अर्को गोल थप्दै जित सुनिश्चित बनाए।  

अघिल्लो दिनमा चामे युवा समूहलाई पराजित गर्दै तीन अंक जोडेको हिमालयनले बुधबार दोस्रो खेलमा मस्याङ्दी युवा क्लब ताललाई ३–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ।  

प्रतियोगितामा मनाङ फुटबल संघमा आवद्ध ६ क्लबले प्रतिस्पर्धा गरेको मनाङ फुटबल संघका उपाध्यक्ष यज्ञ घलेले जानकारी दिए। उनका अनुसार विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने छ। उपविजेताले २५ हजार रुपैयाँ पाउने छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ।

प्रकाशित: १५ मंसिर २०७८ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App