१६ चैत्र २०८० शुक्रबार
खेल

आईटिएफ वर्ल्ड टेनिस टुर जुनियर ५: हाडा र सलोनीको जित

फोरह्याण्ड प्रहार गर्दै नेपालकी सलोनी तामाङ। तस्बिर: उमेश पुन/नागरिक

पोखरामा आयोजित आईटिएफ वर्ल्ड टेनिस टुर जुनियर ५ मा दुई नेपाली खेलाडीले जित आत्मसाथ गरेका छन्। उमेर समूहमा शीर्ष बरियताका आरभ सम्राट हाडाले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै जित दर्ता गरे।

कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र आईटिएफको स्वीकृतिमा पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा हाडाले भारतीय खेलाडी निखिल मित्तललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका थिए।

पहिलो सेटमा ३–३ को अवस्थामा हाडाले सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट आफनो पक्षमा पारेका थिए। सर्भिसमा डबल फउल गरेर अंक गुमाएका हाडाले सम्हालिदैं लयमा फर्किएका थिए। महिला तर्फ नेपालकी उमेर समूहकी दोस्रो बरियताकी सलोनी तामाङले भारतीय खेलाडीलाई पन्छाउन खासै मेहनत भने गर्नुपरेन। सलोनीले भारतीय खेलाडी रितिशा रेड्डी बसिरेड्डीलाई ६–०, ६–१ को सेटमा पराजित गरिन्।

पुरुषतर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी हितेश चौहानले ब्राजिलियन खेलाडी ब्रेनो रोस्सेटो उर्भेन्जालाई कठिन प्रतिस्पर्धामा गर्दै टाइब्रकेर सेटमा जित निकाले। पहिलो सेट ५–७ ले गुमाएका चौहानले दोस्रो सेट भने सम्हालिदैं आफनो पक्षमा पारे। दोस्रो सेट भने ७–६(१)ले आफनो पारेपछि निर्णायक सेटमा धकेलियो। निर्णायक सेटमा चौहानले उर्भेन्जालाई ६–२ को सेटमा पराजित गर्दै अगाडि बढे।

पुरुष तर्फ नै रसियाका माट्भे ग्रेसनेरले नेपालका सक्षमविक्रम शाहलाई सोझो सेटमा पराजित गरे। सक्षम ६–३, ६–० को सेटमा पराजित हुन पुगे। भारतीय खेलाडी राजबीर प्रधानले नेपालका चिन्मे मिटुल पटेलले ६–३, ६–० को सेटमा पन्छाए। महिला तर्फ भारतीय खेलाडी दिभा भट्टले सौभाङ्गीलक्ष्मी शाहलाई ६–१, ६–० को सेटमा पराजित गरिन्। इशाश्री शाह पनि भारतीय खेलाडीसँगै सोझो सेटमा हार व्यहोर्न पुगिन्। सुखमणी भण्डारीले शाहलाई ६–३, ६–० सेटमा पराजित गरेकी थिईन्। भारतीय खेलाडी तनुश्री पाण्डेले नेपालकी अजा रेग्मीको चुनौतिलाई ६–२, ६–२ले पन्छाइन।

 नेपाली रायना शाह पनि भारतीय खेलाडीसँगको प्रतिस्पर्धामा जित निकाल्न सकिनन्। शाह भारतीय खेलाडी समिनिधि रेड्डी अमिरेड्डीसँग ६–३, ६–३ को सेटमा पराजित भईन्। पुरुष डबल्स तर्फ पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो। डबल्स तर्फ अमेरिका, भारतीय खेलाडीसँगको प्रतिस्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित हुन पुगे।

प्रकाशित: १४ मंसिर २०७८ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App