coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फागुन ७ गते धरान १० के रन हुने, पुरस्कार राशीमा वृद्धि

नेपालको सर्वाधिक धेरै धावकधाविका सहभागी हुने मध्येको एक प्रतियोगिता धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ।

धरान रन समूहले पत्रकार सम्मेलन गर्दै १० औं संस्करणलाई यसपाली विगतको भन्दा फरक र वृहत गर्ने जानकारी दिएको छ। यसपटक जनचेतनामूलक कार्यक्रमसहित ह्विल चेयर रेस पनि आयोजना हुने अध्यक्ष रमु राईले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको मुख्य स्पर्धातर्फ विगतको संस्करणभन्दा १०÷१० हजार नगद पुरस्कार वृद्धि गरिएको छ। यो मुख्य स्पर्धातर्फ महिला र पुरुष दुवैमा वृद्धि गरिएको हो।

मुख्य स्पर्धामा महिला पुरुषतर्फ १७ वर्षदेखि ३९ वर्षसम्म भित्रका धावकधाविकाहरुको दौड हुन्छ। पुरस्कार राशी वृद्धि भएसँगै प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकहरुले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन्। यसैगरी, १२ वर्षमुनिको समूह, १२ देखि १६ वर्ष उमेर समूह र ४० वर्ष माथिको भेट्रानतर्फको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछ।

प्रतियोगितामा ६० वर्ष माथिका धावकधाविकाहरुलाई आकर्षक पुरस्कार दिइनेछ भने भने धरानका स्थानीय धावकधाविकालाई प्रोत्साहन स्वरुप पहिलो र दोस्रो हुने पुरुष, महिलालाई पनि आकर्षिक पुरस्कार दिइने आयोजक संस्थाका सल्लाहकार गोपाल राईले जानकारी दिए।

प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट दिइने र पहिला आइपुग्ने २ हजार जना धावकधाविकहरुलाई आकर्षक मेडल दिइने पनि उनले बताए।

धरान रनले प्रतियोगिताबाट जोगिएको रकमले शिक्षाको लागि अक्षय कोष स्थापना गरेको छ। हालसम्म ११ लाख ८२ हजार रुपैयाँ उक्त कोषमा जम्मा भइसकेको छ। यो कोषको ब्याजबाट सामुदायिक विद्यालयका जेहेन्दार, अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति दिइँदै आएको अध्यक्ष राईले जानकारी दिए।

उनका अनुसार यो वर्ष पनि धरान रन नेवा च्यारेटी एजुकेशन फण्डमार्फत् १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिएको छ।

छात्रवृत्तिको लागी छनौट भएका विद्यार्थीहरुलाई अक्षय कोषको ब्याजबाट ३÷३ महिनामा शैक्षिक सामग्री वितरण गरिने अध्यक्ष राईले बताए। उनका अनुसार विद्यार्थीहरुलाई स्वीटर, स्कुल ड्रेस, स्टेशनरी, जुत्ता, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइन्छ।

प्रकाशित: ११ मंसिर २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App