६ वैशाख २०८१ बिहीबार
खेल

युथ पारा टोलीको बिदाइ

एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरियो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टोलीलाई सफलताको शुभकामना दिँदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

विभिन्न ९ खेल समावेश युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा सहभागिता जनाउन लागेको हो। तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ गरी ४ खेलाडीले बहराइनको मनामामा डिसेम्बर २ देखि ६ तारिखसम्म हुने युथ पारामा नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। 

तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि विशाल गर्बुजा तथा महिला ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोवद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा छन्। ब्याडमिन्टनमा प्रकाश अधिकारीले एसएल– ४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्नेछन्। टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले गर्नेछिन्। तीन सदस्यीय तेक्वान्दो टोली खेलाडीद्वय सिर्जना र विशाल तथा प्रशिक्षक लामा शुक्रबारै बहराइन प्रस्थान गरेका छन्। बाँकी टोली शनिबार जाँदै छन्।

प्रकाशित: ११ मंसिर २०७८ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App