coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आठ बोर्ड सदस्यको नियुक्ति

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शुक्रबार आठ जना बोर्ड सदस्य नियुक्त भएका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बोर्डको अध्यक्षका हैसियतामा बिहीबारको निर्णयअनुसार आठ जनालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।

मन्त्रालयले गत कात्तिकमा राखेप सदस्यसचिव र मंसिर ३ गते निवर्तमान सरकार नेतृत्वद्वारा मनोनीत ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यसयता रिक्त रहेकाले बोर्ड सदस्यमध्ये मन्त्री गहतराजले आठ जनालाई बोर्ड सदस्य नियुक्त गरेका हुन्।

अखिल नेपाल खेलकुद महासंघका महासचिव एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलासहित,जनकप्रसाद बर्तौला,प्रकाशकुमार कुसारी, श्रीमान् थापामगर, पेमा डोल्मा, मोहम्मद फाजिल,दीपेन्द्र विष्ट र बिना श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भए।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बोर्ड सदस्यले पद तथा गोपनीयताको शपथ लिएका थिए। विज्ञका रूपमा फुटबलकी पेमा र क्योकुसिन करातेका जनक नियुक्त भएका छन्।

खेलकुद विकास ऐनअनुसार खेल विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञ, उद्योग वाणिज्य, साहसिक तथा पर्यटकीय खेलकुदबाट बोर्डका अध्यक्षका हैसियतमा मन्त्रीले नियुक्त गर्न पाउने प्रावधान छ।

उद्योग वाणिज्यबाट दीपेन्द्र विष्ट र साहसिक तथा पर्यटकीय खेलकुदबाट मोहमद फाजिल, खेलकुद संघबाट अन्जन धमला,श्रीमान थापामगर, बिना श्रेष्ठ र प्रकाशकुमार कुसारी मनोनीत भए। धमला आइटिएफ तेक्वान्दो र श्रीमान तेक्वान्दोबाट सिफारिस भएका हुन्।

बिना एथ्लेटिक्सबाट र प्रकाशकुमार लटार्डो युनिभर्सल संघबाट सिफारिस भए। राष्ट्रिय खेल संघबाट दुई महिलासहित कम्तीमा पाँच जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था रहेकाले अभैm एक महिला सदस्स मनोनीत हुन बाँकी छ।

जिम्मेवारीपूर्वक काम नगरेको भन्दै पदमुक्त भएका केही बोर्ड सदस्यले भने अदालतमा रिट दायर गरेका थिए। बिहीबार नै अदालतले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगराउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित: ११ मंसिर २०७८ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App