१६ चैत्र २०८० शुक्रबार
खेल

प्रशंसा र सुनीराको जोडीलाई स्वर्ण

नेपालका प्रशंसा मोक्तान र सुनीरा थापाको जोडीले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेको छ।

प्रशंसार सुनीराको जोडीले सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न फाइनलमा नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा हरायो। 

प्रशंसा र सुनीराको जोडी सर्किट–१ को पनि विजेता हो। सोही स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बन्यो। सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारीर भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२र ६–२ को सीधा सेटमा हरायो। सक्षमले पनि सर्किट–१ को डबल्समा स्वर्ण जितेका थिए।

ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमि र मुहम्मद खान मजारीलाई ६–३र ६–१ ले तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१र ६–१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाए। 

सोही स्पर्धाको गल्र्समा नेपालकी सुनीरा थापाले नेपालकी आध्या पौडेललाई ६–३र ७–५ ले तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१र ६–० को सीधा सेटमा पन्छाउँदै फाइनल भिडन्त पक्का गरे। सिंगल्स फाइनल बिहीबार हुनेछ।

प्रकाशित: ९ मंसिर २०७८ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App