७ वैशाख २०८१ शुक्रबार
खेल

नवलपुर स्याङ्जासँग ८ विकेटले पराजित

म्याच अफ दि म्याच घोषित स्याङजाका बलर सन्देश सुनार। तस्बिर नागरिक

टस जित्दै व्याटिङ थालेको नवलपुर केवल ५० रनमै समेटिन पुगेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत बिहीबार स्याङजाले नवलपुरलाई सस्तैमा समेट्ने क्रममा नौ व्याट र दोहोरो अंकको रनविहीनमै पभेलियन फर्किए।  

ओपनिङ व्याटर गोविन्द विक मात्रै क्रिजमा सम्हालिन पुगे। पहिलो विकेटको रुपमा नविन मल्ल आउट भए। उनको खातामा केवल ३ रन जोड्ने क्रममा १२ बल खेलिसकेका थिए। उनी विष्णु पाण्डेको बलिङमा एलबी डब्लुको धरापमा परे। कास्कीसँगै उत्कृष्ट व्याटिङ गरेको दिपक डुमे्र २ रनमै आउट भए। उनी पनि सन्देश सुनारको बलमा एलबी डब्लु हुदैं पभेलियन फर्किए।  

तेस्रो विकेट पनि नवलपुरको सस्तैमा आउट हुन पुग्यो। सन्देश सुनारले विदुर पुनलाई २ रनमै बोल्ड गरे। त्यसपछि आएका कमल परियार विष्णु पाण्डेको बलमा क्याच भए। परियार रनको खाता नखोली फर्किए। उनीसँगै जग्गु सापकोटा सन्देश सुनारको बलमा क्याच भए। उनी पनि शून्यमै फर्किएका थिए। नवलपुरले कास्कीलाई अन्तिम ओभरमा एक बल बाँकी छँदा जित निकालेपनि स्याङजासँग भने व्याटिङ चल्नै सकेन्।  

दशौं नम्बरमा आएका स्वीकार श्रेष्ठले ६ रन बनाए। ओपनर गोविन्द विक सन्देश सुनारकै बलमा बोल्ड हुँदा सर्वाधिक २३ रन आफनो खातामा लेखाएका थिए। ५२ बल खेल्दै १ चौका उनले प्रहार गरे। स्याङजाका सन्देश सुनारले ८ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए। विपिनराज न्यौपानेले ३ ओभरमा २ मेडन राखदै ४ रन दिए ३ विकेट लिए।  

५१ रनको जितको लक्ष्यलाई स्याङजाले दुई विकेटको क्षतिमा १३.३ ओभरमा पुरा गर्यो। पहिलो विकेटको लागि २६ रनको साझेदारी गरेपछि स्याङजाले जितको लक्ष्य सहज पछ्याएको थियो। सुरज गौतमले नटआउट २० रन हिर्काएपछि स्याङजाले नवलपुरमाथि ८ विकेटको जित निकाल्यो। गौतमले १८ बल खेल्दै २ छक्का प्रहार गरे। ओपनर सन्दीप खत्रीले १४ रन जोड्न २२ बल खर्चिए। ३ चौका व्याटबाट निकाले। त्यस्तै करण पंगेनीले ११ रन बनाउन २२ बल खेलेका थिए। खत्रीलाई सुदीप अर्यालले बोल्ड गर्दा करण पंगेनी स्वीकार श्रेष्ठको बलमा कमल परियारको हातबाट क्याच हुदैं आउट भए। स्याङजाका सन्देश म्यान अफ दि म्याच घोषित भए। तीन खेलमा स्याङजाले दुई जित र एक हार व्यहोरेको छ। जितले नेटरनरेटमा स्याङजा गण्डकी प्रदेश टिम च्याम्पियन बन्ने सम्भावना छ।  

प्रकाशित: २ मंसिर २०७८ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App