७ वैशाख २०८१ शुक्रबार
खेल

रिजवान आइसियुबाट सिधै खेल मैदानमा

पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान बिहीबार आइसिसी  ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत अस्ट्रेलियाविरुद्धको सेमिफाइनलअघि छातीमा गम्भीर संक्रमण देखिएपछि दुई दिन अस्पताल भर्ना भएको खुलासा भएको छ।

पाकिस्तानी क्रिकेट टोलीका चिकित्सक नाजिब सोमरोले रिजवानलाई मंगलबार छातीमा समस्या देखिएकाले दुबईको एक स्थानीय अस्पतालको अति सघन कक्ष (आइसियु) मा भर्ना गरिएको र बिहीबार बिहान मात्र डिस्चार्ज गरिएको बताए।‘मोहम्मद रिजवानले दुई रात आइसियुमा बिताए।

उनमा निकै छिटो सुधार देखिएको र उनी अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलका लागि पूर्ण रूपमा फिट भए,’ सोमरोले भने,‘तपाईहरूले उनको पाकिस्तानी टोलीप्रतिको लगाव र समर्पण देख्न सक्नुहुन्छ। उनले आफ्नो जिम्मेवारी पनि पूरा गरे।

अस्ट्रेलियासँग ५विकेटले पराजित भएसँगै उच्च लयमा रहेको पाकिस्तानको विश्वकप यात्रा सेमिफाइनलमा सीमित बनेको थियो।कप्तान तथा ओपनर बाबर आजमसँग ७१ रनको साझेदारी गरेका रिजवानले ६७ रनको उत्कृष्ट पारी खेलका थिए।

रिजवान जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा छन्। उनले २ सय ८१ रन बनाएका छन्। शीर्ष स्थानमा रहेका बाबर आजमको नाममा ३ सय ३ रन रह्यो ।

प्रकाशित: २७ कार्तिक २०७८ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App