coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी नकआउट चरणमा

राजधानीमा जारी भेट्रान फुटबलअन्तर्गत बुधबार भएका खेलमा विभागीय भेट्रान टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दा र न्युरोड टिम (एनआरटी) ले सुखद नतिजा आसिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दिनको पहिलो खेलमा विभागको टोली त्रिभुवन आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोलअन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यस जितसँगै आर्मीले दोस्रो चरणमा स्थान बनाएको छ।

आर्मी २ खेलबाट स्पष्ट अंक जोडेर समूहविजेता बन्दै नकआउट चरणमा पुगेको छ। फर्पिङमाथि सहज जित दिलाउनका लागि आर्मीका राजु तामाङले दुई गोल गरे। यस्तै विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक/एक गोल गरे। फर्पिङका नीरज श्रेष्ठले एक गोल फर्काए। 

यसअघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोलअन्तरले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। यस्तै दिनको दोस्रो खेलमा एनआरटीले वी आर ब्रदर्समाथि १–० को रोमाञ्चक जित निकाल्यो।

एनआरटीलाई जित दिलाउन नरेन्द्रमान श्रेष्ठ थापाले ४७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। दिनको तेस्रो खेलमा फ्रेन्ड्स क्लबले बौद्ध फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो। फ्रेन्ड्सको जितमा कप्तान डम्बरविक्रम शाहले दुई गोल गर्दा श्रीराम श्रेष्ठ, मनोज लामा र तेज थापामगरले एक/एक गोल गरे। प्रतियोगितामा बिहीबार चार खेल हुनेछन्।

प्रकाशित: ११ कार्तिक २०७८ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App