coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वेस्ट ह्याम नकआउट चरणनजिक

जेन्कविरुद्धको खेलमा ३–० को सहज जित निकाल्दै घरेलु टोली वेस्य ह्याम युनाइटेड युरोपा लिगको नकआउट चरणनजिक पुगेको छ।  

खेलेका सबै तीन खेलमा स्पष्ट जित निकाल्दै वेस्ट ह्याम युनाइटेडले अघिल्लो चरणको यात्रालाई सहज बनाएको हो। समूह ‘एच’ अन्तर्गत लन्डन स्टेडियममा शुक्रबार भएको खेलमा वेस्ट ह्यामलाई जित दिलाउन क्रेग डाउसन, इसा डियोप र जारोड वावेनले एक–एक गोल गरे। 

एकतर्फीजस्तो देखिएको खेलमा वेस्ट ह्यामका लागि डाउसनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै वेस्ट ह्यामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। यसअघि दुवै टोलीले गोलका लागि राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेका थिएनन्।  

दोस्रो हाफमा लयमा देखिएको वेस्ट ह्यामका लागि डियोपले ५७औं मिनेटमा गोल गर्दै आग्रता दोब्बर बनाए। वावेनले ५८ मिनेटमा क्लबका लागि तेस्रो गोल गर्दै वेस्ट ह्यामको जित सुनिश्चित गरे। 

जितसँगै वेस्ट ह्याम ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ। एक–एक जित हात पार्दै तीन–तीन अंक जोडेका डिनामो जागरेव, रापिड वियन र जेन्क क्रमशः दोस्रोदेखि चौथौ स्थानमा छन्।

युरोपा लिगअन्तर्गत शुक्रबार नै भएको खेलमा इटालियन क्लब नेपोलीले शीर्ष स्थानमा रहेको लेगिया वार्सजावामाथि सानदार जित निकाल्यो। घरेलु मैदानमा नेपोलीले लेगिया वार्सजावामाथि ३–० सहज जित निकालेको हो। नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने, भिक्टर ओसिमहेन र माटियो पोलिटानोले गोल गरे।  

प्रकाशित: ६ कार्तिक २०७८ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App