६ वैशाख २०८१ बिहीबार
खेल

चौथो अभियान पुरुष भलिबल प्रतियोगिता हुने, १२ टिम सहभागी

पोखरा–५ मालेपाटनस्थित खेलमैदानमा यही कात्तिक ११ गतेदेखि चौथो संस्करणको अभियान पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ। १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता कात्तिक १३ गतेसमम सञ्चालन हुने छ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडिया टिम पोखराले प्रतिस्पर्धा गर्ने आयोजक अभियान युवा क्लबले जनाएको छ।

युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई सञ्चालन गरिँदै आएको प्रतियोगिताका संयोजक तथा क्लब अध्यक्ष राजु गिरीले बताए। उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार  ५ सय ५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै द्वितीय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको संयोजक गिरीले बताए।

पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेल खेलेका खेलाडी सहभागी हुन नपाउने आयोजकले जनाएको छ। विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App