१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाली टोली स्वदेश फिर्ता: अलमुताइरी र रोहित आएनन्

साफ च्याम्पेनसिप २०२१ खेल्न माल्दिभ्स गएको नेपाली राष्ट्रिय फुटबल टोली ३७ औं दिनमा स्वदेश फर्केको छ। 

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द विना सोमबार बिहान स्वदेश आइपुगेको नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले स्वागत गरे।  

साफको तयारीका लागि २५ गते कतार गएको नेपाली टोली उतैबाट साफ च्याम्पियनसिप खेल्न असोज ११ गते माल्दिभ्स पुगेको थियो। महिना दिनभन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्केको हो। विमानस्थल बाहिर फुटबल समर्थकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।

साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो। साफ च्याम्पियनसिपको उपाधिका लागि शनिबार रातिको खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो। नेपाल ऐतिहासिक उपाधि जित्नबाट वन्चित भए पनि पहिलो पटक साफको उपविजेता बनेको हो। 

प्रकाशित: १ कार्तिक २०७८ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App