coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अष्ट्रेलियामा धरानका विजयसिंह तामाङ भए स्टेट च्याम्पियन

धरानका विजय सिंह तामाङले साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जितेका छन्।  

विगत ११ वर्षदेखि जिम गरिरहेका तामाङले उपाधि जितेसँगै अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका हुन्। उनी अष्ट्रेलियामा काम पनि गर्दै प्रतियोगिताको तयारी गरेका थिए। करिब ३३ वर्षअघि भोजपुरमा जन्मिएका तामाङ धरानमा हुर्किए। उनले धरान १२ स्थित पब्लिक हाई स्कुलबाट एसएलसी र प्लस टु उत्तीर्ण गरेका छन्।

हाल उनी धरान १४ विजयपुरका बासिन्दा हुन्। सरिना तामाङसँग विवाह गरेका उनको एक छोरा पनि छ।

उनलाई म्यान फिजिक्समा वल्र्ड च्याम्पियन बनिसकेका सुजन सिल्पकारले विशेष ट्रेनिङ दिएका थिए। म्यान फिजिक्स २०२१ प्रतियोगिता यही अक्टोबर ३ तारिखमा भएको थियो। तामाङ धरानमा रहदा नै २०७३ सालमा मिस्टर कोशीमा पनि प्रतिस्पर्धा गरेका थिए। त्यसबेला उनी आफ्नो तौल समूह ७० केजीमा द्वित्तीय बनेका थिए।

अष्ट्रेलिया जानुअघि उनी धरानमा रहेको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरमा ट्रेनर रहेका थिए।

प्रकाशित: २८ आश्विन २०७८ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App