coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई ३–१ गोलअन्तरले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो।

यसअघि बुधबार अपराह्न भएको प्रतिस्पर्धामा बगंलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो। नेपाल पहिलोपटक साफको फाइनल पुगेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। अहिलेसम्म भारतले ७ पटक च्याम्पियनसिपको उपाधि जिति सकेको छ। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा स्थानमा छ।माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो। यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो।

नेपाल र भारत अब उपाधिका लागि आगामी शनिबार साँझ ८ः४५ भिड्ने छन्।  

 

प्रकाशित: २८ आश्विन २०७८ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App