१६ चैत्र २०८० शुक्रबार
खेल

प्रथम मालिकादेवी कप फुटबल: सुनौलो बिहानी र पीपलडाँडा उपाधि नजिक

सुनौलो बिहानी अभियान र वडा नं. ६ पीपलडाँडाबीच चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ।  

मेलचौरस्थित दरबारडाँडा मैदानमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा जित निकालेर फाइनलमा स्थान बनाउँदै सुनौलो बिहानी र पीपलडाँडाले उपाधि भेट पक्का गरेका हुन्। ६० हजार रुपैयाँ नगद पुरस्कारसहितको उपाधिका लागि उनीहरुबीच सोमबार फाइनल प्रतिस्पर्धा हुने छ। उपबिजेताले ४० हजार रुपैयाँ पाउने छ।  

दिनको पहिलो सेमिफाइनल खेलमा सुनौलो बिहानी अन्तरको झिनो जित निकाल्दै उपाधि नजिक पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा उसले लिल फङ घले समाजलाई १–० गोलले स्तब्ध बनायो। मुस्कान श्रेष्ठले गरेको एक मात्रै गोल सुनौलोको जितका लागि पर्याप्त बन्यो। निर्णायक गोलकर्ता मुस्कान नै खेलको म्यान अफ दी म्याच चुनिए।  

अर्को सेमिफाइनल खेलमा पीपलडाँडाले काभ्रे जुनियर ब्याइजलाई २–० गोलले पाखा लगाउँदै फाइनलमा स्थान बनायो। सञ्जय विष्टको प्रेरणादायी प्रदर्शनमा पीपलडाँडा उपाधि नजिक पुगेको हो। दुई गोल ठोकेका सञ्जय नै खेलका म्यान अफ दी म्याच घोषित भए। म्यान अफ दी म्याच चुनिएका दुबै खेलाडीले नगद र ट्र«फी पुरस्कार पाए।  

फाइनलअघि सोमबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुने छ। जहाँ सेमिफाइनलमा पराजित लिल फङ र काभ्रे जुनियर भिड्ने छन्। तेस्रो हुने टोलीले नगद २० हजार रुपैयाँ पाउने आयोजक मेलचौर युवा जागरण समाजले जानकारी दिएको छ।  

प्रकाशित: २४ आश्विन २०७८ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App