coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पूर्व खेलाडीलाई सम्मान

विराटनगरको मिल्स एरियामा स्थायी बसोबास गर्दै विभिन्न खेलमा प्रतिनिधित्व गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ।  

एक्स स्पोर्टस् मेन्स क्लबले शनिबार विराटनगरस्थित मिल्स एरियामा दशैं, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान तथा पूर्व खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको थियो। विभिन्न खेलमा मिल्स एरियाबाट सुरुआत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भएका १८ जनालाई पूर्व खेलाडीलाई सम्मान गरेको क्लबका अध्यक्ष गम्भीर लामाले जानकारी दिए। 

'प्रायः सम्मानित हुने खेलाडीको भौतिक शरीर नभए पनि उहाँहरुले गर्न भएको विशेष योगदानको कदर गर्दै क्लबले सम्मान गरेको हो', लामाले भने।  

फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसका खेलाडी सम्मानित भएका हुन्। फुटबलको राष्ट्रियतर्फ निलामान सिंह, पदमबहादुर क्षेत्र, गंगाबहादुर क्षेत्री, भक्तबहादुर गुइन्देल, नवीन थापा, दीपक शाही, शत्रुघन श्रेष्ठ र जगत भुजे रहेका छन् भने अन्तर्राष्ट्रियतर्फ अमरबहादुर थापा र इन्द्रसिंह सुब्बा छन्। ब्याडमिन्टनतर्फ राष्ट्रिय खेलाडी कृष्णबहादुर श्रेष्ठ र लक्ष्मी राई छन्।

एथलेटिक्सतर्फ अन्तर्राष्ट्रिय खेलाडी पुष्पा भट्ट र राष्ट्रियतर्फ मोहम्मद इलाही हुन् भने बुद्धिचालतर्फका राष्ट्रिय खेलाडी दिवाकर राई र विजय थापा, टेबलटेनिसतर्फ खड्गबहादुर गुरुङ छन्। यी सबै खेलाडीको निधन भइसकेको हुँदा उनीहरुको सम्मानपत्र परिवारलाई प्रदान गरिएको थियो।

त्यसैगरी, क्लबले अन्तर्राष्ट्रिय ब्याडमिन्टनका निर्णायक उदय अर्याललाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि फुटबलका पूर्व खेलाडी प्रेमबहादुर क्षेत्री, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष तथा पूर्व वरिष्ट फुटबल प्रशिक्षक सन्तोष बानिया, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, विराट गोल्डकपका उपाध्यक्ष किशोर शाहीलगायतले सम्मान गरेका थिए। 

सम्मानपछि अतिथिहरुले खेलाडीको चर्चा गर्दै खेलाडीले खेल क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्झेर क्लबले सम्मान गरेकोमा धेरै खुसी लागेको बताए। प्रायः खेलाडीहरुको भौतिक शरीर हामी माझ नभए पनि उनीहरुले देखाएको खेलको बाटो र योगदान कहिले कसैले पनि विर्सन सक्दैनन्।

प्रकाशित: २३ आश्विन २०७८ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App