coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जित्यो

कैलालीको धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। शनिबार भएको फाईनल खेलमा डडेल्धुरालाई ३–० को सेटमा हराएर डोटी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। 

पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट २५–१३ ले जित्यो। यसैगरि तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ ले जित्दै उपाधिको ट्रफि उचालेको हो।

एक समारोहबीच बिजेता टिम र खेलाडीलाई ट्रफि र पुरस्कार वितरण गरिएको थियो। डोटीले ट्रफिसहित नगद १ लाख पुरस्कार पाएको छ। यसैगरि उप बिजेता भएको डडेल्धुराले रु ५० हजार र ट्रफीमा चित्त बुझाउनु परेको छ। प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका कंचनपुर र कैलालीले २५/२५ हजार नगदसहित ट्रफि पाएको छ। 

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा असोज २० गतेदेखि सुरु भएको प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता रहेको थियो।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए। यसैगरि कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाईकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए।

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने र ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७८ १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App