७ वैशाख २०८१ शुक्रबार
खेल

सातौं धारा नेपालगन्ज म्याराथन आगामी मंसिरमा

नेपालगन्ज म्याराथनको तयारीबारे शनिबार आयोजित पत्रकार सम्मेलन । तस्बिर : नागरिक

सातौं धारा नेपालगन्ज म्याराथन आगामी मंसिर ४ गते गर्ने तयारी गरिएको छ। नेपाल सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन गरिदै आएको छ।

आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो। म्याराथनको व्यवस्थापन गर्दै आएको ‘क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट’ ले सोही पत्रकार सम्मेलनमा आफ्नो वेभसाइट पनि सार्वजनिक गरेको छ।

म्याराथनका लागि शनिबारदेखि नै खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ। यस वर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले जानकारी बताए।

म्याराथनमा विभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने उनले जनाए। ठकुरीका अनुसार पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ वर्ष उमेर समूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ।

यस वर्ष नगद पुरस्कार राशीमा वृद्धि गरिने उनले बताए। ‘पुरस्कार राशीमा वृद्धि अवश्य हुनेछ, साथै हामी यस वर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दैछौं,’ ठकुरीले भने, ‘विद्युतीय प्रविधिको प्रयोग भरपुर सदुपयोग गरी म्याराथनको स्तरोन्नति गरेर अगाडी बढ्दैछौं, वेभसाइटमाथि लगानी पहिलो प्रयास हो।’

म्याराथन विजेताका लागि वर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरुसँग परामर्श गरिरहेको पनि उनको भनाइ छ। नगर उपप्रमुख थापाले नेपालगन्ज म्याराथनले वर्षेनी स्तरोन्नति गर्दै गएको भन्दै यसले नेपालगन्जलाई चिनाउने काम गरेको बताइन्।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफूहरु सदैव तत्पर रहेको बताए।

प्रकाशित: २३ आश्विन २०७८ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App