coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

१२ लाख खर्चेर कुस्ती प्रतियोगिता

कलैया उपमहानगरपालिका २६ सिसवा महेशपुर टोलमा दाहा मेलामा १२ लाख खर्चेर आइतबारदेखि दुईदिने कुस्ती प्रतियोगिता सुरु भएको छ। दाहा मेला हेर्न आउने श्रद्धालुहरुको मनोरञ्जनको लागि नेपाल र भारतबाट आएका कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिताको  आयोजना गरिएको हो। आइतबार मेलामा  ११ जोडी कुस्ती खेलाडीहरुले कुस्ती खेल देखाएका मेला समितिका सचिव शशिकान्त यादवले बताएका छन्।

प्रतियोगितामा भारत उत्तर प्रदेश झाँसीका बिरा पहलवानलाई नवलपरासीका वसन्त थापाले पराजित गर्दै विजयी भएका सचिव यादवले बताए। अर्का भारत उत्तर प्रदेश गोरखपुर, महाराजगन्जका अवधेश पहलवानलाई नवलपरासीकै बलिराम थापाले पराजित गरी विजयी भएका छन्। गोरखपुरका हरमेश पहलवानलाई अयोध्याका अशोक पहलवानले पराजित गरेका छन्।

यस्तै उत्तरा खण्ड हरिद्वारका सोहन पहलवानलाई बिहार पटना हाजीपुरका सुजित पहलवानले पराजित गरेका छन्। झाँसीका उमेश पहलवानलाई बनारसका गुडु पहलवानले दाउ हानेर विजयी भएका छन्। यस्तै उपेन्द्र थापा, भारत यूपीका सोनु र जयप्रकाश यादव, पर्सा गर्दौलको छोटा सुनिल, भारत हरियानाको अंकित पहलवान, दिल्ली मेरठको दिपक पहलवान विजयी भएका मेला समितिले जनाएका छन्।

यसैगरी पर्सा मिर्जापुरको लक्ष्मण यादव र प्रेम यदव, रौतहटको राजेश यादव, वीरगन्जको जादोलाल यादव, हरिओम यादवको खेल निश्कर्षविहीन बनेको सचिव यादवले बताए। भारतको दिल्ली, हरियाणा, गाजीपुर र हिमाञ्चल प्रदेशबाट पहलवानी गर्न ४० जोडी कुस्ती खेलाडीलाई मेलामा कुस्ती खेल देखाउनको लागि बोलाइएको सचिव यादवले दाबी गरेका छन्।

मेलामा कुस्ती प्रतियोगितामा  १२ लाख खर्च हुने  आयोजकले बताएका छन्। बारा र्निवाचन क्षेत्र नम्बर ३ का साँसद रामबाबु कुमार यादवको प्रमुख आतिथ्य तथा मेला अध्यक्ष बक्सिश मियाँको सभापतित्वमा भएको कुस्तीमा कलैया उमनपाको नगर प्रमुख राजेशराय यादव, उपप्रमुख रहिमा खातुन, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल, सुरक्षा प्रमुख लगायतका हजारौं  स्थानीय तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १७ आश्विन २०७८ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App