८ वैशाख २०८१ शनिबार
खेल

मेयर कप व्याडमिन्टनको उपाधि कार्की र श्रेष्ठको जोडीलाई

व्याडमिन्टन विजेता डिभिजन ए र बीका खेलाडीहरु । तस्बिरः महेश्वर

निजी लगानीमा निर्मित कभर्डहलमा आयोजित पहिलो मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि बलबहादुर कार्की र हिमाल श्रेष्ठको जोडीले चुमेको छ। त्रियुगा नरपालिका ८ चुहाडेस्थित भेटघाट क्लबको कभर्डहलमा सम्पन्न ३ दिने ‘जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता ०७८’ मा ए डिभिजनतर्फ गाईघाटका कार्की र श्रेष्ठको जोडीले उपाधि चुमेको हो।

भेटघाट क्लबले जिल्ला व्याडमिन्टन संघसँगको सहकार्यमा बिहीबार सुरु गरेर शनिबार सम्पन्न प्रतियोगितामा बी डिभिजनतर्फ चौदण्डीगढी नगरपालिकाबाट सहभागी साजन राई र केनिश मगरको जोडी प्रथम बनेको छ। प्रतियोगितामा ए डिभिजनतर्फ दोस्रो स्थान चौदण्डीगढीकै सन्तोष कटुवाल र बिनय चौधरीको जोडीले पायो भने बी डिभिजनतर्फ कटारीबाट सहभागी जीवन बोगटी र नविना राईको जोडीले पाएको छ।  

तेस्रो स्थान पाउनेमा ए डिभिजनतर्फ गाईघाटका चित्र थापा र सरोज खवासको जोडी तथा बी डिभिजनतर्फ चौदण्डीगढीकै जयराम राई र अफताब आलमको जोडीले पाएका छन्। प्रतियोगितामा बिजेता प्रथम, दोस्रो र तेस्रो स्थान पाउने जोडीलाई क्रमशः २५ हजार, १५ हजार र ८ हजार नगद तथा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

शनिबार दिउँसो आयोजित समापन समारोहमा विजेता खेलाडीहरुलाई लब्धप्रतिष्ठित व्यक्तिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। 

प्रकाशित: १७ आश्विन २०७८ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App