coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एभरेष्ट प्रिमियर लिग: काठमाडौंको विजयी सुरुवात

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा शनिबार काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।  

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। काठमाडौंका लागि रयान बर्ल ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रनमा अविजित रहे। रयानले २७ बलमा अर्धशतक पूरा गरेका थिए। स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२ औं ओभरमा चार छक्का र १ छक्कासहित एकै ओभरमा २९ रन जोडे।  

विकेटकिपर तथा ओपनर रहमान उल्लाह गुरबाज ३६ बलमा ४ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए। उनले २४ बलमा अर्धशतक प्रहार गरेका थिए। त्यस्तै ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए। राजु रिजाल १३ बलमा २ चौकासहित १९ रनमा अविजित रहे। ललितपुरका पवन सरार्फले एक विकेट लिए।  

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए। योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्कासहित ३३ रनको योगदान दिए।

नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए। भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे।

प्रकाशित: ९ आश्विन २०७८ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App