coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकपमा छनोटका लागि इटहरीमा प्रशिक्षण सुरु

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीका लागि बिहीबारदेखि इटहरीमा प्रशिक्षण हुने भएको छ। आइसिसी महिला  ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।  

पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले प्रशिक्षण एक सातासम्म चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने टमटाले बताए। छनोट खेलका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो। पहिलोपटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखि असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण गरेको थियो।  

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाडौँमा राखिने प्रशिक्षक टमटाले पत्रकार सम्मेलनमा बताए। क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ। गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो।

देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई व्यक्तिगत र सानो–सानो समूहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान यस्को तयारीमा जुटेको प्रशिक्षक टमटाले बताए। प्रशिक्षणमा प्रदेश नंं. २ का  ३ जनासहित झापा, मोरङ र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक बिप्लव घोषले बताए।  

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुनेछ। जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन्। एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा  स्थान बनाउनेछन्।  

प्रकाशित: ६ आश्विन २०७८ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App