८ वैशाख २०८१ शनिबार
खेल

विश्व बक्सिङ च्याम्पियनसिप: प्रदीप र रविन फाइनलमा

एपिएफका प्रदीप महर्जन र एचटुओका रविन थापाले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा शनिबारको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापामगरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। त्यस्तै प्रदीपले भने सेमिफाइनलमा अल्फाका विशेष बुढामगरलाई पराजित गरे। 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रतियोगिताको ५७ केजीमा एपिएफका पुरन राईले दाङका निसम घर्तीमगर तथा बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका पुरन सुनवारलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।  

त्यस्तै ६३ केजीमा प्रहरीका भूपेन्द्र थापामगरले नक्सालका आयुशमान चटौतबाट वाकओभर पाउँदै भिपिपिकेआरका पवन गुरुङसँग फाइनल भेट पक्का गरे। अर्को सेमिफाइनलमा पवनले एपिएफका झलक रोकायालाई पन्छ्याएका थिए। 

यता ७१ केजीमा एपिएफका विकास लामाले नक्सालका यमराज चौलागाईं तथा आर्मीका दीपेश लामाले एचटुओका विजय बाठालाई हराउँदै फाइनलमा पुगे। ललितपुरका सनिल साहीले नक्सालका अश्विन धीरज श्रेष्ठलाई निराश पार्दै ६७ केजीको सेमिफाइनलमा स्थान पक्का गरे।

प्रकाशित: ३ आश्विन २०७८ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App