७ वैशाख २०८१ शुक्रबार
खेल

फुटसल लिग सुरु, सविन मेमोरियलको जर्सी सार्वजनिक

दुई महिनाको प्रशिक्षण पश्चात सविन मेमोरियल फुटसल क्लब (फुटबल क्लव)नेपाली फुटसल इतिहासमै पहिलो पटक आयोजित फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । आईतबार ढुकु फुटसल क्लबसँग प्रतिस्पर्धामा उत्रिदैं छ । पोखराबाट दुई क्लबले फुटसल लिग च्याम्पियनसिपमा उपस्थिति जनाउँदा पूर्वदेखि पश्चिमसम्मका बाँकी आठक्लबले उपाधि प्रतिस्पर्धाको लागि पोखरा आईसकेका छन् । राउण्ड रोविनमा एक क्लबले नौ खेल खेल्ने छ ।  

नियमकै हिसाबमा विभिन्न फुटसल एरिनामा खेलिने फुटसल भन्दा निकै फरक छ । नेपालमा फुटसलको विकास हुदैं गएको छ । टर्फ मैदान फुटसल हुदैं आएको छ । प्रतियोगिता समेत टर्फमै आयोजना हुने गरेका छन् । तर अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरामा पहिलो पटक पार्केटिङमाथि म्याट विछ्याउँदै पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको छ । विशेष त अन्तर्राष्ट्रिय क्षेत्रमा पार्केटिङमा हुने फुटसल नेपालमा भने पार्केटिङमाथि म्याट ओछ्याईएको छ ।  

‘फुटसल पार्केटिङको पीचमा हुने हो । तर हाम्रोमा भने म्याट विछ्याइएको छ । टर्फमा खेल्दै सिक्दै आएका थियौं । एरिना नै फरक छ,’ सविन मेमोरियल फुटसलका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘सबै नयाँ छ । नियम पनि बुझ्दै छौ । हामीले खेल्ने सामान्य फुटसल भन्दा फरक छ ।’ उनका अनुसार व्याकपास दिन पाईन्न् । पाँच पटक व्याक गोलकिपरलाई पास दिए काउण्ट हुन्छ । त्यसपछि छैटौं पटकमा भने विपक्षीलाई पेनाल्टीको अवसर दिईने छ । पहिलो हाफमा ५ पटक भन्दा बढी व्याक गोलकिपरलाई पास दिन पाईन्न् । अतिरिक्त समय भने हुदैन । बल आउट गएपछि समय रोकिन्छ । बल शुरु भएपछि समय पनि शुरु हुन्छ । खेलाडी परिवर्तन बाहिरिने खेलाडी विफ लिएर बाहिरिन्छन् ।  

क्लबका सदस्य एवं नेपाल फुटसल संघका केन्द्रीय सदस्य सन्तोष पराजुलीले भइरहेका फुटसल एरिनामा खेलिने  फुटसल भन्दा पनि फरक हुने हुँदा खेलाडीले नियमबारे बुझ्न जरुरी रहेको उल्लेख गरे । क्लबका व्यवस्थापक सञ्जय लिगलले पोखरामा आयोजित पहिलो फुटसल लिग च्याम्पियनमा उपाधि रक्षा गर्ने योजना सहित खेलाडीले मेहनत गरेको प्रष्ट पारे । क्लबलाई विभिन्न संघसंस्थाले प्रायोजन समेत गरेको छ । खेलाडीसँगै शनिबार जर्सी समेत सार्वजनिक गरिएको छ । टिम कप्तान अनुप राना(अला) रहेका छन् ।  अविनाश तामाङ (पिभोट), सुनिल नेपाली (गोलकिपर), रोमन थापामगर (गोलकिपर), सन्जय जलारी (फिक्सो), मनोज गुरुङ (अला), सुनिल विक (पिभोट), मनिष सेढाई (फिक्सो), मनिष क्षत्री (अला), सरोज गुरुङ (अला),विनम गुरुङ (अला), एलन गुरुङ (अला), बरदान ताङ्बे लामा (अला) र सन्तोष खवास (फिक्सो) रहेका छन् ।  

प्रकाशित: २ आश्विन २०७८ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App