८ वैशाख २०८१ शनिबार
खेल

वडा ६ र ४ फाइनलमा

वडा–६ र ४ नवौं कीर्तिपुर नगरव्यापी अन्तरवडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलातर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा वडा–६ ले वडा–३ लाई ५७–३५ ले पराजित गर्‍यो। विजयी टिमका निम्ति प्रजिता कार्कीले २९ अंक जोडिन्। कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा वडा–४ ले वडा–१० लाई ५०–३९ ले हरायो। वडा–४ की मुना महर्जनले २३ स्कोर गरिन्।

प्रकाशित: २ आश्विन २०७८ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App