coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ललितपुरमा विराक्कोडी

ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा तेस्रो विदेशी खेलाडीका रूपमा श्रीलंकन क्रिकेटर सन्दुन विराक्कोडीलाई भित्र्याएको छ।

साबिकको विजेता प्याट्रियट्सले २८ वर्षे विकेटकिपर ब्याट्सम्यान सन्दुनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो। इपिएलमा एक फ्रेन्चाइज टोलीले कम्तीमा तीन विदेशी खेलाडीलाई अनुबन्धित गर्नुपर्ने प्रावधान छ। 

ललितपुरले यसअघि भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाई, इङ्ल्यान्डका एलेक्स ब्लेक र श्रीलंकाका ओसदा फर्नान्डोलाई अनुबन्धित गर्ने जनाएको थियो। कोरोना भाइरस महामारीमा नेपाली रेड जोनमा परेकाले एलेक्स ब्लेक भने नआउने भएका छन्। 

ललितपुर प्याट्रियट्सका म्यानेजर वरुण लामाले ब्लेक नआउने पक्का गरेका हुन्। जसको कारण पनि ललितपुरले सन्दुनलाई भित्र्याएको हो। सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका उनले तीनवटा एकदिवसीमा ७३ रन बनाएका छन्। उनले ७४ लिस्ट ‘ए’ मा तीन र १४ अर्धशतकसहित २ हजार सात सय रन र ४२ ट्वान्टी–२० मा ५ सय ७४ रन जोडेका हुन्। यस सिजनको इपिएल आगामी असोज ९ देखि २३ सम्म त्रिभुवन विश्वविद्यालय (टियु) मा हुँदै छ, जहाँ ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख रूपैयाँ पाउनेछन्।  

प्रकाशित: २ आश्विन २०७८ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App