coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पलेशालाई सम्मान

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले पारा ओलम्पिकमा दुई खेल जित्दै कीर्तिमान रच्न सफल पलेशा गोवर्धनलाई बिहीबार सम्मान गरेको छ।

बाँसबारीस्थित स्टेसन पपमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरूले पलेशालाई नगदसहित सम्मान गरेका हुन्। टोलीका सदस्य रञ्जन श्रेष्ठले पलेशालाई नगद सात हजार रूपैयाँ र खादा लगाएर सम्मान गरे। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई पनि खादा लगाएर खेलाडीहरूले सम्मान गरेका थिए। 

गत महिना टोकियोमा सम्पन्न पारा ओलम्पिकमा पलेशाले के–४४ विधाअन्तर्गत ५७ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन्। रेपेचेजतर्फ कांस्य पदकको प्रतिस्पर्धामा उनी चीनकी ला युजीसँग १२–९ ले स्तब्ध भएकी थिइन्। बिहीबार सम्मानका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यो हारबाट पाठ सिकेर अगाडि बढ्न उनलाई आग्रह गरे।

प्रकाशित: १ आश्विन २०७८ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App