७ वैशाख २०८१ शुक्रबार
खेल

राष्ट्रिय केन्पो अर्को महिना

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ। प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जानकारी दिएका छन्। 

विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ। फुल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइनेछ। 

अध्यक्ष पाण्डेले कोरोना भाइरस (कोभिड–१९) का कारण सुस्त रहेको खेलकुद गतिविधिलाई अगाडि बढाउन र खुकुरी कातामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए। 

फुल र सेमी केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेलाइनेछ। सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुनेछ। दुईदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन्।

प्रकाशित: ३० भाद्र २०७८ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App