५ वैशाख २०८१ बुधबार
खेल

ऐरीले शृंखला गुमाउने

उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल, ओमान र अमेरिका सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको क्रिकोणात्मक शृंखला गुमाउने भएका छन्।  

दाहिने खुट्टामा भएको चोटको समस्याका कारण शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार जानकारी दिएको हो। अभ्यासको क्रममा दायाँ खुट्टाको एन्कलमा लागेको चोटको कारण शृंखला गुमाउने भएका हुन्। क्यानले दीपेन्द्र दुई साता मैदानबाहिर रहने जानकारी दिएको छ।  चोटका कारण दीपेन्द्रले पपुवा न्युगिनी (पिएनजी) सँगको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेल्न सकेका थिएनन्। नेपाल, अमेरिका र आयोजक ओमानबीच सोमबारबाट शृंखला आयोजना हुँदै छ।  

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग पहिलो खेल खेल्दै छ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

प्रकाशित: २८ भाद्र २०७८ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App