७ वैशाख २०८१ शुक्रबार
खेल

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई स्तब्ध बनाउँदै स्वर्ण पदक जितेका हुन्। पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो बन्दा चन्द्रागिरिका सन्दीप राई दोस्रो भए। सोही स्पर्धाको महिलामा नरहरिपुरकी सन्जु देशार पहिलो र प्रयागपोखरीकी सुभद्रा थापा दोस्रो भए।  

पुरुष ३० केजीमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामा, ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले इचङ्गुनारायणका सेभेन श्रेष्ठ तथा ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई फाइनलमा हराउँदै पहिलो भए। शंखधर डोजो, थिमीद्वारा आयोजित प्रतियोगिताको महिला ३० केजी फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभूकी प्रमिला पाख्रिनको चुनौतीलाई समाप्त पार्दै पहिलो भइन।  

मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ४ सय ७४ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले जनाएका छन्। 

प्रकाशित: २८ भाद्र २०७८ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App