coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलकुद पत्रकारलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आफ्नो स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार मुकुन्द दाहाललाई अग्रज सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्दराज नेपाललाई प्रदान गरेको छ।  

नेपाल खेलकुद पत्रकार मञ्चले २६औं स्थापना दिवसका अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो। स्थापना भएको दिन पारेर मञ्चले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। सम्मानित हुने पत्रकारलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले सम्मान गरे।  

सम्मानित भएका दाहाललाई मञ्चले नगद २५ हजार रूपैयाँ प्रदान गरेको हो। यस्तै युवा पत्रकार नेपाललाई एक थान ल्यापटप प्रदान गरियो। युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस) बाट उपलब्ध गराएको हो। 

सम्मानपछि अग्रज पत्रकार दाहालले स्थापना कालमा गरेको संघर्षको सम्झना गर्दै युवा पुस्ताले सम्मान गरेकोमा खुसी व्यक्त गरे। साथै उनले पत्रकारिताको लामो कालखण्डमा आफूले स्थापना गरेको संस्थाले सम्मान गरेको र आउँदा दिनमा अझै जिम्मेवार भएर पत्रकारिता गर्न हौसला मिलेको बताए।  

सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट सम्मानित नेपालले पनि मञ्चले प्रदान गरेको युवा पत्रकारिताको पुरस्कारले पत्रकारिता यात्रा अगाडि बढाउन हौसला मिलेको बताए। नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत् रूपमा स्थापना भएको थियो।  

प्रकाशित: २८ भाद्र २०७८ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App