८ वैशाख २०८१ शनिबार
खेल

खोप कार्ड हेरेर खेलाडीलाई प्रशिक्षण

पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) । तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् । खोप कार्डलाई परिचय पत्र मानेर चेक जाँच गरी खोप लगाएकालाई मात्रै प्रशिक्षण दिन सकिने उल्लेख गरे ।  

‘खोपले सुरक्षित छौं भन्ने सन्देश दिन खोजिरहेका छौं,’ उनको भनाई थियो । आईतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले खेलकुद शून्य अवस्थामा रहेको उल्लेख गर्दै केही पूर्वाधार निर्माणको संघारमा रहेको बताए ।  

‘सरकारले बजेट दिएको छैन् । केवल नौजिल्लाका पूर्वाधारलाई २ करोड रुपैयाँ छ । अघिल्लो सरकारले म्याग्दी र बाग्लुङमा खेलकुद पूर्वाधारको लागि ४ करोड दिएको छ,’ उनले भने । मन्त्री गुरुङले पोखरा रंगशालाभित्र ६ तले मार्शल आर्ट्स विल्डिङ बनाईने उल्लेख गर्दै त्यसको लागि ६ करोड रुपैयाँ छुट्टाइएको स्पष्ट पारे । रंगशालामा सिक्ने र सिकाउने ठाँउ नै नभएपछि खेलकुद मन्त्रालयको अर्थ नहरने भन्दै उनले खेलाडी सिक्ने र सिकाउने ठाँउको लागि पूर्वाधार बनाउन ध्यान दिइएको दावी गरे ।  

विभिन्न जिल्ला भ्रमण गरेर खेलकुदको पूर्वाधारको अवस्था अध्ययन गरेर फर्किएको बताउँदै मन्त्री गुरुङले सामुदायिक विद्यालयमा खेल मौदन निर्माणको लागि केही बजेट निकासा गर्ने लक्ष्य लिएको बताए । ‘विद्यालयमा खेल मैदान बनाउँदा विद्यालय समयमा अध्ययनरत विद्यार्थी र विद्यालयको समयपछि स्थानीय युवा खेलाडी खेल्न पाउने हुदाँ विद्यालयमा खेलमैदान निर्माणमा विशेष ध्यान दिएका छौं’ मन्त्री गुरुङले भने ।  

प्रकाशित: २७ भाद्र २०७८ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App