४ वैशाख २०८१ मंगलबार
खेल

पलेशाको खेल शुक्रबार

टोकियो पारालम्पिकको पहिलो खेलमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। मंगलबार निकालिएको टाई सिटअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी मुनरोसँग खेल्ने प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए। 

पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धामा गर्दै छिन्। यस संस्करणको पारालम्पिकमा नेपालबाट पलेशाको एक मात्र सहभागिता रहनेछ। उक्त खेल आगामी शुक्रबार बिहान हुनेछ। पारालम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छ। 

प्रकाशित: १६ भाद्र २०७८ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App