coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट एकेडेमी सुरुवात गर्ने योजनामा पूर्व कप्तान खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन्। बुधबार पत्रकारसँगको भेटघाटमा क्रिकेटको चुनौति सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन्।

पूर्व कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गर्ने र त्यसलाई देशभर लैजाने योजना रहेको बताए। मंगलबार राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर खड्काको घोषणाले सरोकारवालाहरु आश्चर्यमा परेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा पूर्व कप्तान खड्काले आफूले धेरै सोच विचार गरेर सन्यासको निधो गरेको बताए।

पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पुर्याएको योगदान सबैले मुक्त कण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ।

प्रकाशित: २० श्रावण २०७८ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App