coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा उपाध्यक्षविरुद्ध प्रशिक्षकको निवेदन

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र दुई सञ्चारकर्मीमाथि छानबिन माग गर्दै एन्फामा निवेदन दिएका छन्।

एन्फा प्रवक्ता किरण राईले बिहीबार प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्षका साथै अन्य दुई सञ्चारकर्मीमाथि छानबिन गर्न माग गर्दै एन्फामा निवदेन दर्ता गराएको बताए। गत बिहीबार अल्मुताइरीले सार्वजनिक स्थानमा धुम्रपान गरेको विषयलाई लिएर उनी र एक अनलाइनका दुई सञ्चारकर्मीबीच विवाद भएको थियो। प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक सञ्जालमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफ्नो काममा अवरोध गरेको आरोप लगाउँदै राजीनामा बुझाउन जान लागेको उल्लेख गरेका थिए।  

साथै बिहीबार दर्ता गरिएको निवदेनमा अल्मुताइरीले आफूले धुम्रपान गरेको विषयलाई लिएर निकालिएको विवादमा आफ्नो कुनै गल्ती नरहेको र अनावश्यक विवादमा आफूलाई तानिएको दाबी गर्दै ती सञ्चारकर्मीमाथि समेत छानबिनको माग गरेका हुन्। यता ती सञ्चारकर्मीले पनि आइतबार आफूमाथि समाचार संकलनका क्रममा अल्मुताइरीले अभद्र व्यहार गर्नुका साथै अपशब्द बोलेको भन्दै छानबिनको माग गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई निवेदन बुझाएका थिए। 

यसअघि बुधबार एन्फाले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामाको विषयमा छलफल गर्न शुक्रबारका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको थियो। नेम्वाङले आफूमाथि व्यक्तिगत आक्षेप लगाउने उद्देश्यले प्रशिक्षकलाई समेत एन्फा राजनीतिमा संलग्न गराइएको भन्दै मंगलबार यस घटनाको सत्यतथ्य छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए।

प्रकाशित: १५ श्रावण २०७८ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App