coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिक सपनाले ब्याडमिन्टनतर्फ

ग्वाटेमालाका ब्याडमिन्टन खेलाडी केभनी क्रोडनले ओलम्पिक सपना साकार पार्नकै लागि १२ वर्षको उमेरमा घर छोडेका थिए। बुधबार आठाैँ वरीयताका अगस नेज का–लङलाई हराउँदा कोर्डनले आफूरमाइलोका लागि मात्र खेलेको प्रतिक्रिया दिएका छन्। विश्व वरीयताको ५९औँ स्थानमारहेका कोर्डनको यो चौथो ओलम्पिक सहभागिता होर उनले नेज का–लङमाथि २२–२०,२१–१३ को जित हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गरे।

३४ वर्षे कोर्डन आफूले जोडेको हरेक स्कोरमारमाइरहेका थिएर जब अन्तिममा खेलको नतिजा आफ्नो पक्षमा आएको थाहा पाए,कोर्टको परिक्रमा गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए।तर उनले जितका लागि अन्तिम २ स्कोर मात्र जोड्न बाँकीरहेको स्थितिमा मात्र आफू जितनजिक छु भन्ने थाहा पाएको प्रतिक्रिया दिएका छन्। ‘रमाउँदै खेल्न सकिएन भने खेलको मज्जा पनि आउँदैनर जित्न पनि सकिँदैन,’ कोर्डनले भने, ‘मैले जित वा हारको बारेमा सोचिनँ। म आफ्नो स्वाभाविक खेल खेल्दैरमाइरहेको थिएँ।’  

ग्वाटेमालाका अन्य बालबालिकाजस्तै कोर्डन फुटबल खेल्दै हुर्किएका थिए। अरू साथी फुटबलमारमाइरहँदा उनले ब्याडमिन्टनरोजेर ब्याडमिन्टन प्रशिक्षणका लागि छात्रवृत्तिसमेत प्राप्त गरे। त्यहीँबाटै उनको ओलम्पिक सपना पलाएको थियोर अहिले उनले ओलम्पिकमा ४ पटक ग्वाटेमालाबाट प्रतिनिधित्व गरिसकेका छन्।

‘ग्वाटेमालामा जति फुटबल खेललार्ई प्राथमिकता दिइन्छ त्यति ब्याडमिन्टनलाई दिइँदैन,’ कोर्डनले भने, ‘तर मैले ब्याडमिन्टनरोजें। म ओलम्पिकका लागि छनोट पनि भएँ। मेरो मिहिनेतले नै आज मैले ओलम्पिक सपना साकार पार्दै आएको छु।’ कोर्डन ब्याडमिन्टनमा होमिए पनि उनका बुबा भने फुटबलका कट्टर समर्थक हुन्। चौथो पटकको सहमागितामा कोर्डन पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छन्।

‘म सानोमा फुटबल खेलाडी बन्न चाहन्थें, तर पछि ब्याडमिन्टन मेरो जीवनको अभिन्न अंक भइदियो,’ कोर्डनले भने, ‘मैले ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएँर साथै सहजै जीविकोपार्जन गर्न पनि। मेरो परिवार मेरो खेलप्रति सन्तुष्ट छ।’ ‘ओलम्पिककै कारण मैले ब्याडमिन्टन खेलरोज्दै अभ्यास सुरु गरेको थिएँ,’ उनले भने, ‘सन् २००८ को बेइजिङ ओलम्पिकमा मैले मेरो सपनाको पहिलो खुड्किलो चढेको थिएँ। त्यसपछि सन् २०१२ को लन्डन ओलम्पिकर सन् २०१६ कोरियो ओलम्पिक हुँदै अहिले मेरो ओलम्पिक यात्रा सन् २०२० को टोकियो ओलम्पिकसम्म पनि जारी नै छ। म विगतभन्दा अहिलेरमाइरहेको छु।’

प्रकाशित: १४ श्रावण २०७८ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App