८ वैशाख २०८१ शनिबार
खेल

टोकियो ओलम्पिक २०२० : नेसाहिया स्वर्ण जित्ने कान्छी खेलाडी

जापानकी मोमिजे नेसाहिया ओलम्पिक इतिहासमा एकल विधातर्फ स्वर्ण जित्ने कान्छी खेलाडी बनेकी छिन्।टोकियो ओलम्पिक २०२० बाट मात्र ओलम्पिकमा समावेश गरिएको स्केटबोर्डिङमा सोमबार १३ वर्ष र ३ सय ३० दिनमा नेसाहियाले स्वर्ण जितेकी हुन्। पहिलो स्थान हात पार्ने क्रममा नेसाहियाले ब्राजिलकी रेयसा लिइल र जापानकी फुना नाकायामालाई पछि पारिन्। १३ वर्ष र २ सय ३ दिनकी रेयसा लिइलले भने ओलम्पिक इतिहासमा सबै स्वर्ण जित्ने कान्छी खेलाडी बन्ने  अवसर गुमाइन् ।  

नेसाहियाले महिला स्ट्रिटतर्फ १५.२६ को स्कोरका साथ स्वर्ण पदक पक्का गरेकी हुन्। यससँगै जापानले स्केटबोर्डमा क्लिनस्विप गर्‍यो। यसअघि आइतबार पुरुष स्ट्रिट विधातर्फ जापानकै होरिगोमी युतोले स्वर्ण पदक जितेका थिए। ‘म स्वर्ण पदक जित्ने कान्छी खेलाडी बनें। यसमा मलाई गर्व छ। पहिलो ओलम्पिक सहभागितामै मेैले सफलता पाएँ,’ नेसाहियाले भनिन्, ‘मसँग यो क्षण वर्णन गर्ने कुनै  शब्द छैन।’  

‘पहिलो चरणमा म निकै डराएकी थिएँ तर त्यसपछि भने मेरो डर कम हुँदै गयो,’ नेसाहियाले भनिन्, ‘आशा छ, सन् २०२४ को पेरिस ओलम्पिकमा पनि मेरो स्वर्ण यात्रा कायम रहनेछ।’ टोकियो ओलम्पिक २०२० मा स्केटबोर्डिङसहित सर्फिङ, स्पोर्ट्स क्लाइम्बिङ र कराते गरी कुल ४ खेललाई पहिलो पटक ओलम्पिकमा समावेश गरिएको हो। 

प्रकाशित: १२ श्रावण २०७८ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App