coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मुआथाई अब ओलम्पिकमा

मुआथाईले ओलम्पिकमा प्रवेश पाएको छ ।  टोकियो ओलम्पिकमा मुआथाईलाई ओलम्पिकमा समावेश गराउने निर्णय गरिएको छ । निर्णयले मुआथाईका खेलाडी ओलम्पिक यात्राको सम्भावित ढोका खुलेको छ । ओलम्पिकमा समावेश गरेसँगै मुआथाई खेलाडीमा उत्साह थपिएको छ । अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा मात्रै सहभागिता जनाउनुपर्ने बाध्यता थियो । अब खेलकुदको कुम्भ मेला ओलम्पिकमा मुआथाईको फाईट देख्न पाईनेछ ।  

नेपालमा मुआथाई भित्रिएको एकदशक मात्रै भएको छ । ओलम्पिकमा समावेशसँगै मुआथाईमा ओलम्पिक यात्रा तय गर्ने लक्ष्य छ । २०६७ सालमा नेपालमा शुरुवात भएको मुआथाईले फ्रान्सको पेरिसमा (२०२४) आयोजना हुने ओलम्पिकमा नेपाली खेलाडीले पनि प्रतिस्पर्धाको लागि उत्रने अपेक्षा छ ।  

युवापुस्ता मुआथाईप्रति आकर्षित हुदैं आएका छन् । मार्शल आर्टसका खेलाडीहरु मुआथाईप्रति ढल्किएका छन् । नेपालमा मुआथाईको एमेच्योर प्रतिस्पर्धा हुदैं आएको छ । व्यावसायिक प्रतिस्पर्धा (फाईट) भने भएको छैन् । मुआथाईको पहिलो प्रशिक्षक भने सम्भवत दिपकबहादुर गोदार हुन् । उनै गोदारले २०६७ सालमा थाईल्याण्डमा दुई चरणमा गरी मुआथाईको प्रशिक्षण लिएर फर्किएपछि पोखरामा शुरु गरेका हन् ।  

सन २०१० को मार्चमा उनले थाईल्याण्डमा मुआथाईको प्रशिक्षण लिएका थिए । दुई महिने प्रशिक्षणपछि गोदारले दशदिने फाईटिङ प्रशिक्षण लिएर फर्किएपछि मुआथाईलाई अगाडि बढाएका हुन् । प्रशिक्षणपछि पहिलो प्रतिस्पर्धा भारतमा आयोजित प्रतियोगितामा हुन पुग्यो । गोदरसहित सुदिप पण्डित क्षत्री तथा सुनिल आचार्यले प्रतिस्पर्धामा उत्रिए । ०६९ सालमा थाईल्याण्डमा आयोजित मुआथाई च्याम्पिनयनसिपमा गणेश कक्षपति र नवराज भण्डारी प्रतिस्पर्धाभा उत्रिदा गोदारले भने प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । थाईल्याण्डको प्रतिस्पर्धापछि गोदार टर्की प्रस्थान गरे ।  

टर्कीको इस्तानाबुलमा आयोजित च्याम्पियनसिपमा उनले १५ दिने प्रशिक्षण लिएर फर्किए । अहिले देखि नै प्रशिक्षण गराउन सकिए मुआथाई खेलाडीलाई ओलम्पिकमा सहभागिता जनाउन सकिने विश्वास नेपाल मुआथाई संघका कोषाध्यक्ष सम्पन्न श्रेष्ठ सुनाउँछन् । ‘मुआथाईमा एशियन हस्तीसँगै प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने, ‘फाईटबाट छनोट भएर अगाडि बढ्नुपर्छ । अन्यथा वाईल्ड कार्डको विकल्प पनि रहन्छ ।’  

टर्कीबाट नेपालले मुआथाईमा अन्तर्राष्ट्रिय पदक चुम्यो । तुलसी थापाले पदक भित्र्याईन् । थाईल्याण्डमै अन्तर्राष्ट्रिय रेफ्रीको सर्टिफिकेट निर्मल पहारीले लिएर फर्किएका थिए । भित्रिएको छोटो अवधिमै नेपाली खेलाडीले मुआथाईको अन्तर्राष्ट्रिय एरिनामा एकपछि अर्को प्रतिस्पर्धामा उत्रिदैं आएका छन् । ०७२ सालमा कोरियामा आयोजित एशियन मुआथाई च्याम्पियनसिपमा कुमार थापाले ५५ केजी तौलमा रजक पदक जिते । निष्मा बस्यालले पनि रजत पदक जितेर टोली फर्र्किएको थियो । प्रशिक्षकत्व भूमिका गोदारले नै निभाएका थिए । कोरियामा २१ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ०७५ मा मकाउमा आयोजित एशियन मुआथाई च्याम्पियनसिपमा तुलसी थापाले कास्य पदक जितिन् । हरि केसी, कमल क्षत्री भने पदकविहीन रहे ।  

०७६ सालमा थाईल्याण्डमा विश्वविद्यालयस्तरीय मुआथाई च्याम्पियनसिपमा रुपक नेपाली र मन्दिप थापा मगरले सहभागिता जनाए । सहभागिताको हिसाबले नेपालको मुआथाई यात्रा गर्विलो छ । ‘छोटो अवधिमै अन्तर्राष्ट्रिय एरिनामा नेपाली खेलाडी उत्रिदैं आएका छन्, हाम्रो अबको लक्ष्य ओलम्पिक हो,’ प्रशिक्षक गोदार भन्छन्, ‘हिजो ओलम्पिकमा थिएन् । अहिले परेको छ । ओलम्पिकलाई लक्षित गर्दै अहिले देखि नै प्रशिक्षण गराउनुपर्छ ।’ ओलम्पिक सहभागिताको लागि खेलाडीलाई कडा प्रशिक्षण गराउनुपर्ने खाँचो उत्तिकै रहेको उनले बताए ।  

थाईल्याण्डबाट प्रशिक्षण गरेर फर्किए पछि गोदारले नेपाल आर्मीको रेन्जर्सलाई तालिम दिए । स्याङजा, नवलपरासी, भैरहवामा भने १५ दिने प्रशिक्षण दिदैं मुआथाईको जग बसाएका छन् । बाग्लुङमा पनि प्रशिक्षण दिदैं युवालाई मुआथाईप्रति अभिप्रेरित गरिएको छ । झण्डै ३ सय खेलाडी कास्कीमा मात्रै छन् । धरान, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर , म्याग्दी, दाङ, झापा, स्याङजा, नवलपरासी, पर्वत, तनहुँ लगायतका जिल्लामा मुआथाईको प्रशिक्षण हुदैं आएको छ । 

प्रकाशित: १० श्रावण २०७८ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App