८ वैशाख २०८१ शनिबार
खेल

फुटबल एकेडेमीका लागि सम्झौता

न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब (एवाइसी) ले फुटबल एकेडेमीका लागि क्रमशः ल्याबोरेटरी र लिटिल एन्जल्स स्कुलसँग ६ वर्षका लागि सम्झौता गरेका छन्।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको कार्यक्रममा एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याबोरेटरी स्कुलका प्रिन्सिपल लाक्पा शेर्पा तथा सातदोबाटोका अध्यक्ष कपिल रानामगर एवं लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले हस्ताक्षर गरेका थिए।

 फुटबल एकेडेमीको नाम क्रमशः ल्याबोरेटरी एनआरटी युथ फुटबल एकेडेमी र एएएस–सातदोबाटो युथ फुटबल एकेडेमी रहनेछन्। सम्झौताअनुसार पहिलो वर्षमा क्लबका ७ र एकेडेमीका ७ गरी कुल १४ खेलाडी एकेडेमी प्रशिक्षणमा सहभागी हुनेछन्। प्रशिक्षणको व्यवस्था एन्फाको सहकार्यमा क्लबले सञ्चालन गर्दा पढाइको व्यवस्था भने स्कुलले मिलाउनेछ।

प्रकाशित: ७ श्रावण २०७८ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App