coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटहरीको खनारमा कवर्ड हल निर्माण हुने

इटहरी वडा नं. १२ खनारमा कवर्ड हलको शिलान्यास गर्दै । तस्बिर : नागरिक

इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारमा कवर्ड हल बन्ने भएको छ। कवर्ड हलको इटहरी उपमहानगरपालिकाका मेयर द्दारिकलाल चौधरीले शिलान्यास गरेका छन्।  

वडा नं. १२ रिलायन्स स्पिनिङ् मिल्स उत्तर पट्टीको दुई कट्ठा सार्वजनिक जग्गामा कवर्ड हल निर्माण हुन लागेको हो। इटहरी उपमहानगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत १० लाख र जनसहभागिताबाट कवर्ड हल निर्माण हुने वडा सचिव प्रेम रिजालले जानकारी दिए। 

निर्माण हुन लागेको कवर्ड हलमा ब्याडमिन्टन, टेवल टेनिस र भलिवल समेत खेल्न सकिनेछ।

प्रकाशित: ५ श्रावण २०७८ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App