coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाले पाचौं खेल पनि गुमायो

इभिन लुइसको आक्रामक इनिङ्सको मद्दतमा शुक्रबार अस्ट्रेलियाविरुद्ध १६ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली वेस्ट इन्डिजले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ४–१ ले जितेको छ। सेन्ट लुसियास्थित डेरेन स्यामी स्टेडियममा २ सय रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ८३ रन जोड्दा घरेलु टोली वेस्ट इन्डिजले १६ रनको रोमाञ्चक जित निकालेको हो। 

जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३४ रन, मिचेल मार्सले ३९ रनको योगदान गरेका थिए। कप्तान फिन्चले दोस्रो विकेटको लागि मिचेल मार्ससँग ३७ तथा तेस्रो विकेटको लागि हेनरिक्ससँग ४९ रनको साझेदारी गरेका थिए। यस्तै म्याथु वेडले २६ तथा मोइसेस हेनरिक्सले २१ रनको पारी खेल्दा मिचेल स्वेपसन र जोस हेजलवुडले क्रमशः अविजित १४ र १३ रन बनाए पनि टोलीको हारलाई टार्न सकेनन्। 

सुरुआत राम्रो भए पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा अस्ट्रेलिया पाँचाैं खेलमा पनि पराजित हुन पुगेको हो। अस्ट्रेलियाको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल र आन्द्रे रसेलले सर्वाधिक तीन÷तीन विकेट हात पार्दा हेडन वाल्सले एक विकेट आफ्नो नाममा लेखाए।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले ओपनर इभिन लुइसको ७९ रनको विस्फोटक ब्याटिङको मद्दतमा १ सय ९९ रन जोडेको थियो। ३४ बलको सामना गरेका लुइसले ९ छक्का र ४ चौका प्रहार गरेका थिए। अर्का ओपनर आन्द्रे फ्लेचरले १२ रनको योगदान गर्दा क्रिस गेल र लेन्डन सिमोन्सले समान २१/२१ रनको योगदान गरे। कप्तान निकोलस पुरनले ३१ रन जोड्दा हेडेन वाल्स १२ रनमा अविजित रहे।  

बलिङतर्फ अस्ट्रेलियाका एन्ड्यु टाईले सर्वाधिक ३ विकेट हात पार्दा एडम्प जाम्पा, मिचेल मार्सले समान २/२ विकेट लिए। मिचेल स्वेपसनको नाममा एक विकेट रह्यो। लगातार तीन खेलमा जित निकालेको वेस्ट इन्डिजले चौथो खेल भने गुमाएको थियो।  

अस्ट्रेलियाविरुद्धको खेलमा जित निकालेपछि वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले बलियो टोलीसँगको जित उपलब्धिमूलक भएको प्रतिक्रिया दिए। यस्तै अस्ट्रेलियाका कप्तान आरोन फिन्चले पाँचांै खेलमा पनि टोलीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे। हेडन वाल्स म्यान अफ दी सिरिज घोषित भए।

प्रकाशित: ३ श्रावण २०७८ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App