७ वैशाख २०८१ शुक्रबार
खेल

डोनारुम्मा सर्वाेत्कृष्ट खेलाडी

इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरो कप २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। २२ वर्षे डोनारुम्माले आइतबार इङ्ल्यान्डका जोर्डन सान्चो र बुकायो साकाको पेनाल्टी रोक्दै इटालीलाई दोस्रो पटक युरो कपको विजेता बनाएका थिए। सन् २०१८ को रूस विश्वकपमा छनोट हुन नसकेको इटाली ३ वर्षपछि नै युरो कप विजेता बन्यो।

 यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यस अघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

डोनारुम्माले युरो कप २०२० मा कुल ७ सय १९ मिनेट मैदानमा बिताए। स्पेनका मिडफिल्डर पेड्री प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित भए। इङ्ल्यान्डका गोलकिपर पिकफोर्ड उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोब्स जित्दा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोलका साथ गोल्डेन बुट जिते। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ गोल गरेका थिए।

प्रकाशित: २९ असार २०७८ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App