स्टार खेलाडी नेइमार लाई आराम दिएको खेलमा ब्राजिल आइतबार इक्वेडर सँग १–१ को बराबरीमा राेकिए पनि समूह ‘बी’ बाट अपराजित रहँदै कोपा अमेरिकाको क्वार्टर फाइनलमा भिड्ने भएको छ।
बलियो टोली ब्राजिल समूहको अन्तिम खेलमा बराबरीको नतिजा सामना गर्न बाध्य हुँदा इक्वेडर ले अन्तिम आठको यात्रा तय गर्न सफल भयो। समूहमा शीर्ष चारभित्र रहँदै नकआउट चर णको यात्रा तय गर्न भेनेजुएला र पेरूलाई अन्तिम खेलमा जित आवश्यक थियो तर , भेनेजुएलाले पेरूसँग १–० को हार बेहोर्दा ब्राजिलसँग अंक खोसेको इक्वेडरले त्यसको फाइदा लियो। पेरूसँगको हार सँगैको। काेनाका कार ण कयौं महत्वपूर्ण खेलाडीबिना प्रतियोगिता खेलेको भेनेजुएलाले यस सिजनका लागि कोपा अमेरिकाकाे यात्रा टुङ्ग्यायो र लगातार दशौं खेलसम्म जितको यात्रा जारी । राख्ने ब्राजिल समूहको अन्तिम खेलमा चुक्न पुग्यो।
ब्राजिलका प्रशिक्षक टिटेले नेइमारलाई उक्त खेलमा आराम दिए पनि पहिलो हाफमा घरेलु टोलीले दबाब बनायो। खेलको ३७औं मिनेटमा ब्राजिलका डिफेन्ड र इडेर मिलिटाओले फ्रिकिकबाट आएको बललाई टप कर्नर हेडर मार्फत जाली चुमाएका थिए । तर , इक्वेडर दोस्रो हाफमा छिटै नै खेलमा फर्किन सफल भयो। ५३औं मिनेटमा एन्जल मिनाको सशक्त प्रहार बाट इक्वेर खेलमा फर्कियो। र इनेर भ्यालेन्सियाको हेड पासमा मिनाले नजिकैबाट गोल गरेका थिए। त्यसपछि दुवै तर्फबाट। राम्रा अवसर सिर्जना भए पनि थप गोल हुन सकेनन् र खेल बराबरीमा टुङ्गियो। ‘हामीले पहिलो हाफमा खेल्याै दोस्रो हाफको तुलनामा पहिलो हाफ खेल्ने शैली राम्रो थियो,’ ब्राजिलका डिफेन्डर मार्किन्होसले भने, ‘तर हामी नकआउट चरणमा प्रवेश गरिसकेका छौं। तर , हामीले पूरा समय उत्कृष्ट प्रदर्शन गर्न अझैँ धेरै मिहिनेत गर्नुपर्नेछ।’ यता, समूहमा खराब सुरुआतका बावजुद पेरू दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाउन सफल भयो। ब्राजिलसँग पहिलो खेलमा ४–० ले स्तब्ध भएको पेरूले बलियो टोली कोलम्बियामाथि । राेमाञ्चक जित निकाल्दै नकआउट चरणको सम्भावना कायमै राखेको थियो। तेस्रो खेलमा इक्वेडर सँग २–० ले पछि परेको स्थितिमा पेरूले बराबरी गर्न सफल भएको थियो।
समूहको अन्तिम खेलमा पनि भेनेजुएलामाथि जित निकाल्दै पेरू दोस्रो स्थानमा रह्यो र पेरूका आन्द्रे कारिलोको गोल नै भेनेजुएलालाई समूहच णबाटै घर फर्काउन पर्याप्त बन्यो।
प्रकाशित: १५ असार २०७८ ०३:१७ मंगलबार